Logo
Logo

नाइजेरियाको एक मस्जिदबाट १९ जनाको अपहरण



एजेन्सी । नाइजेरियाको एक मस्जिदबाट १९ जना मुस्लिम उपासह अपहरणमा परेका छन्। बन्दुकधारीले आक्रमण गरेर १९ मुस्लिम उपासकहरूलाई अपहरण गरेको प्रहरीले आइतबार जनाएको छ ।

आक्रमणकारीहरूले नमाजको बेला कट्सिना राज्यको मैगाम्जी गाउँको मस्जिदमा आक्रमण गरेका थिए । उनीहरुले दुई जनालाई घाइते बनाएको स्थानीय प्रहरीले जनाएको छ ।

अपहरणकारीले १३ जनालाई अपहरण गरेको प्रहरीले जनाएको छ । ६ जना पादरीलाई अपहरणकारीबाट मुक्त गराएको जनाइएको छ ।

उत्तरपश्चिम र मध्य नाइजेरियालाई स्थानीय रूपमा डाकुहरू भनेर चिनिने आपराधिक गिरोहहरूले आतंकित बनाएका छन् ।उनीहरुले गाउँमा छापा मारेर गाईवस्तुहरू चोर्छन् र फिरौतीको लागि अपहरण गर्छन् ।

प्रतिक्रिया दिनुहोस्