Logo
Logo

मालीमा ६६ आतंककारीको मृत्यु



एजेन्सी । मालीमा गएको नोभेम्बर महिनामा मात्र कम्तीमा पनि ६६ जना आतंककारी मृत्यु भएको बताइएको छ । यहाँको सशस्त्र बलले मालीमा नोभेम्बर महिनामा जारी राखेको आतंककारी विरुद्धको कारबाहीमा उनीहरुको मृत्यु भएको हो ।

सो कारबाहीका क्रममा मालीको सेनाले यहाँका आतंककारीहरुले निर्माण गरेका कैयौँ आश्रयस्थल पनि ध्वस्त बनाइ दिएको छ । उनीहरुले प्रयोग गर्ने शक्तिशाली हतियारहरुका साथै उनीहरुका सवारीसाधन पनि मालीको सशस्त्र सैन्य बलले कब्जामा लिएको छ ।

सो बलले गएका केही महिनादेखि यहाँका आतंककारीहरुका विरुद्धमा सशक्त कारबाही सुरु गरेको जनाएको छ । प्रतिआतंकवादी अभियान नाम दिइएको सो अभियानमा यहाँको सेनाले अरु कैयौँ आतंककारीहरुलाई पक्राउ पनि गरेको छ ।

सन् २०१२ देखि मालीले यहाँ सुरक्षा चुनौतीको सामना गर्दै आएको छ । याहँ विभिन्न समूहले आतंककारी क्रियाकलापहरुलाई निरन्तरता दिँदै आएका छन् ।

यो अफ्रिकी देशमा अतिवादीहरुले जारी राखेको आतंकमा परेर हजारौँ मानिसको ज्यान गइसकेको छ भने अरु हजारौँ नागरिक विस्थापित भएका छन् । राजनीतिक र आर्थिक संकटमा परेको यस देशमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघले पहल गर्दै आएको भए पनि सम्भव हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्