Logo
Logo

चर्चित फ्रान्सेली लेखक लापियरेको निधन



एजेन्सी । फ्रान्सेली लेखक डोमिनिक लापियरेको निधन भएको छ । उनी ९१ बर्षका थिए । उनका ’फ्रिडम एट मिडनाइट’ र ’सिटी अफ जोय’ जस्ता पुस्तक भारतमा सर्वाधिक बिक्री हुने पुस्तकमध्ये पर्दछन् ।

‘९१ वर्षको उमेरमा बुढ्योली र सम्बन्धित रोगका कारण उहाँको निधन भएको छ’, उनका पत्नी डोमिनिक कोन्कोन–लापियरेले फ्रान्सेली पत्रिका वार-माटिनसँग आइतबार भने ।

जुलाई ३०, १९३१ मा चाटेलेलोनमा जन्मिएका लापियरेले अमेरिकी लेखक ल्यारी कोलिन्ससँग मिलेर लेखेका छ वटा पुस्तकको विश्वभर करिब ५ करोड प्रति बिक्री भएको थियो ।

सन् १९६५ मा प्रकाशित गैर-आख्यान यस पुस्तकमा नाजी जर्मनीले फ्रान्सेली राजधानीमा नियन्त्रण तथा आत्मसमर्पण गरेको र फ्रान्सिस फोर्ड कोपोला र गोर भिडालद्वारा रजत पर्दाको लागि अनुकूलित गरिएका अगस्त १९४४ सम्मका घटनाहरूको वर्णन गरिएको छ ।

सन् १९८५ मा कोलकाताका एक रिक्सा चालकले भोग्नुपरेको पीडाबारे लेखिएको उहाँको उपन्यास ‘सिटी अफ जोय’ भारतमा उनका सर्बाधिक पढिएको कृति हो । यसै कथामा सन् १९९२ मा प्याट्रिक स्वेज अभिनित र रोलान्ड जोफद्वारा निर्देशित एक चलचित्र रिलिज भएको थियो ।

लापियरेले आफ्नो रोयल्टीको ठूलो हिस्सा ‘सिटी अफ जोय’ बाट भारतमा मानवीय परियोजनाहरूमा सहयोग गर्न दान गरेका थिए । सन् १९८० को दशकको सुरुतिर कोलकातामा मदर टेरेसालाई भेट्न जाँदा उहाँले रोयल्टीबाट जम्मा भएको ५० हजार अमेरिकी डलर प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्