Logo
Logo

इजिप्टको लोकतन्त्र चियाउने पुस्तक, ‘इजिप्ट अन्टिल डेमोक्रेसी’



काठमाडौं । लोकतन्त्र लागू हुने बेलासम्मको इजिप्ट (इजिप्ट अन्टिल डेमोक्रेसी) सरसर्ति पढ्दा अनादिकालदेखि समाजमा चलिआएका नैतिकता, असल आचरणजस्ता मौलिक गुणहरुलाई कसरी भूमण्डलीकरण, विज्ञान-प्रविधि तथा सञ्चार क्षेत्रमा आएको द्रुत विकासले चुनौती दिन्छ भन्ने कुरालाई प्रस्ट देख्न सकिन्छ ।

अझ भनौँ मुख्य शक्ति राष्ट्रहरुका स्वार्थलाई चुनौती दिँदा, अन्त्यमा देशले कतिसम्मको पीडा खप्नुपर्ने हुनसक्छ र त्यो पनि भूमण्डलीकरणको घुमाउरो चेपमा अप्रत्यक्ष रुपमा कसरी शक्ति राष्ट्रहरुले फसाउँदै लैजान्छन् भन्ने कुरा यस पुस्तकका लेखक प्राध्यापक डा. पुष्प अधिकारीले प्रस्ट पारेका छन् ।

राष्ट्रपति गमाल अब्देल नासेरले सुएज क्यानल (बाँध)लाई राष्ट्रियकरण गरेको बदला कसरी शक्ति राष्ट्रहरुले लिए र प्र्रजातन्त्रको नाममा इजिप्टलाई पश्चिम एसियाको मुख्य शक्तिराष्ट्रबाट विकासोन्मुख राष्ट्रको हारमा खसाले रु भन्ने कुरा पुस्तकले विस्तृत रुपमा दिएको छ ।

पश्चिमा राष्ट्रको लहैलहैमा लाग्दा कसरी राष्ट्रपति अनवर–अल–सादात आफ्नै मुलुकको हितको बेवास्ता गर्न थाल्छन् र पश्चिमा हित पूरा हुन छोडेपछि अन्त्यमा उनको हत्या हुन्छ रु यसको चर्चा पुस्तकमा रहेको छ ।

सादातकै उपराष्ट्रपति होस्नी मुबारक राष्ट्रपति बनेपछि पश्चिमा खासगरी संयुक्तराज्य अमेरिकाको आडमा ३० वर्ष शासन सम्हाल्छन् । जब उनको पनि उपयोगिता सकिएको भान अमेरिकालाई हुन्छ, कसरी लोकतान्त्रिक आन्दोलनको छद्म आडमा उनलाई पनि विस्थापित गरियो भन्ने कुरा प्रस्ट रुपमा पुस्तकमा पढ्न पाइन्छ ।

अमेरिकाले वर्षौंसम्म इजिप्टमा सहायताका नाममा अर्बौं डलर खन्याएको, र अन्त्यमा त्यसमै इजिप्टको बानी परेपछि सो सहायतालाई मोलमोलाइको मुख्य औजार बनाएर इजिप्टको अर्थतन्त्र धराशयी पारिएको घटनाको बेलिविस्तार पुस्तकमा पाइन्छ ।

दोस्रो विश्वयुद्धपछि पश्चिम एसियामा विकसित आर्थिक तथा सैनिक शक्तिराष्ट्र इजिप्टसँग मितेरी गाँस्न तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर बारम्बार कायरो पुगिरहन्थे र अमेरिका अनबर–अल–सादातको शासनको पक्षमा नै रहने गरेको तथ्य पुस्तकमा पाइन्छ । लामो र गहिरो अनुसन्धान साथ तयार पारिएको इजिप्ट अन्टिल डेमोक्रेसी पुस्तक नीति निर्माता तथा पश्चिम एसियाको राजनीतिमा रुचि राख्ने सबैका लागि उपयोगी देखिन्छ । खासगरी लोकतन्त्रको अमेरिकी संस्करणमा डुबुल्की मार्न खोज्ने दक्षिण एसियाली राष्ट्रका राजनीतिज्ञ, योजनाविद्, तथा प्राज्ञिक वर्गले यो पुस्तक पढ्नै पर्छ भन्न सकिन्छ

। लामो समय पत्रकारिताका विभिन्न क्षेत्रमा परिचित तथा हाल राजनीतिशास्त्रका प्राध्यापक डा पुष्प अधिकारीले यो पुस्तक दश वर्षको अथक परिश्रमबाट तयार पार्नुभएको हो जुन मेहनत पुस्तक पढ्दै गर्दा देखिन्छ । लान्सर पब्लिकेसन्स नयाँ दिल्लीले प्रकाशनमा ल्याएको यो पुस्तक अमेजन, फ्लिपकार्ट र लान्सर पब्लिसर्सबाट अनलाइन खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्