Logo
Logo

पेस्तोल बोकेर काठमाडौं आएका सार्पसुटर समातिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ भदौ ।

प्रहरीले एक जना सार्पसुटरलाई पेस्तोलसहित पक्राउ गरको छ ।


महानगरीय प्रहरी वृत्त जागतीबाट खटिएको टोलीले भक्तपुरको भातेढिकुरबाट बाराको फेटा गाउँपालिका वडा नम्बर ३ घर भएका ३८ वर्षीय शम्भुप्रसाद साहलाई पक्राउ गरेको हो ।
सुराकीको आधारमा उनलाई पक्राउ गरिएको भक्तपुरका एसपी सविन प्रधानले बताए । ‘ कसैलाई धम्काउने वा हत्या गर्ने उद्देश्यले काठमाडौँ आएको प्रहरीको सूचना छ ।

प्रतिक्रिया दिनुहोस्