Logo
Logo

लकडाउनको तनावले किशोर किशोरीको दिमाग छिटो बुढो : अध्ययन



काठमाडौं । सन २०१९ मा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) हाल विश्वको अधिकांश देशमा फैलिएको छ । चिनको बुहान शहरमा पहिलो संक्रमण देखिएको उक्त भाइरसले बिश्वका शक्तिशाली मानीने राष्ट्र अमेरिका लगायत देशलाई आक्रान्त पारेको थियो ।

तिब्र गतिमा फैसलिएको भाइरस नियन्त्रण गर्न अधिकांश देशका शशहरहरु लकडाउन र शिल गर्नुपर्ने बाध्यात्क स्थिति बनेको थियो । लकडाउनको समयमा घरभित्रै बस्दाको तनावको परिणामस्वरूप किशोररकिशोरीको दिमाग छिटो बुढो हुने गरेको एक अध्ययनले देखाएको छ । नतिजाहरू हिंसा, बेवास्ता र पारिवारिक असक्षमताको परिणामको रूपमा पहिले देखिएका प्रभावजस्तै रहेको अध्ययनले देखाएको छ ।

विचार र भावनाको मामिलामा किशोरावस्था एक कठिन समय हुन सक्छ र मस्तिष्कमा धेरै पुनर्गठन हुन्छ । महामारीले कोर्टेक्सलाई पातलो बनाएर तथा हिप्पोक्याम्पस र एमिग्डाला मस्तिष्क खण्डहरूको आकार बढाएर पुनर्गठनलाई तीब्र गरेको अध्ययनको निस्कर्ष छ ।

सोधकर्ताहरुले अमेरिकामा महमारीअघि सन् २०१६ नोभेम्बरदेखि सन् २०१९ को बीचमा ८१ किशोरको एमआरआई स्क्यानलाई सन् २०२० को अक्टोबरदेखि मार्च २०२२ सम्मको अवधिमा ९लकडाउन खुलेपछिको महामारीको समय० ८२ किशोरसँग तुलना गरेका थिए ।

अनुसन्धानकर्ताहरूले किशोरावस्थामा मस्तिष्कमा हुने शारीरिक परिवर्तनहरू जस्तै कोर्टेक्सको पातलो हुने र हिप्पोक्याम्पस र एमिग्डालाको वृद्धि लकडाउनपछिको समूहमा पहिलेको भन्दा बढी रहेको पत्ता लगाएका थिए ।

अध्ययन स्ट्यानफोर्ड विश्वविद्यालयको बाइलोजिकल साइकेट्रियाः ग्लोबल ओपन साइन्समा प्रकाशित छ । हाल खोप उत्पादन र प्रयोग संगै उक्त भाइरस केही हदसम्म नियन्त्रणमा आएको छ । नेपालमा मात्रै कोरोना भाइरसका कारण १२ हजार १९ जनाले ज्यान गुमाएका छन् भने लाखौ संक्रमित निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्