Logo
Logo

अपर तामाकोशीको हकप्रद शेयर निष्काशनमा नागरिक लगानी कोष


2.6k
Shares

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १:१ को अनुपातका दरले साबिकका शेयर धनीहरूलाई जारी गर्न लागेको प्रति शेयर रु १०० दरले हुने दश अर्ब उनान्साठ्ठी करोड बराबरको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवाको लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।

नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेडबीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि मिति २०७९ साल मंसिर २६ गते दुइ पक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नागरिक लगानी कोषले आफु मुख्य निष्काशन तथा विक्री प्रवन्धक भई सनराइज क्यापिटल लिमिटेड‚ कमलपोखरीलाई सहनिष्काशन तथा विक्री प्रवन्धकको रुपमा नियुक्त्त गरेकोछ ।

प्रतिक्रिया दिनुहोस्