Logo
Logo

आइएसले लियो काबुल होटलमा भएको घातक हमलाको जिम्मा



एजेन्सी । चरमपन्थी उग्रवादी समूह इस्लामिक स्टेट (आईएस) ले सोमबार काबुलको एउटा होटलमा भएको घातक हमलाको जिम्मा लिएको छ ।

आईएसले विज्ञप्ति जारी गर्दै यसका दुई लडाकुहरूले चिनियाँ कूटनीतिज्ञहरू र व्यापारीहरूले बारम्बार भ्रमण गर्ने होटेलमा आक्रमण गरेको बताएको छ ।

घाइतेहरूको आकस्मिक उपचार गरिरहेको अस्पतालले आक्रमणपछि १८ जना घाइते भएको र तीन जनाको मृत्यु भएको जनाएको छ । अफगानिस्तानको राजधानीका अधिकारीहरूले उक्त हमला दिउँसो २(३० बजे भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्