Logo
Logo

राष्ट्रसंघ मुख्यालयमा गान्धीको प्रतिमा



एजेन्सी । यहाँस्थित संयुक्त राष्ट्रसंघको प्रधानकार्यालय परिसरको उत्तरी भागमा अहिंसाका अभियन्ता महात्मा गान्धीको प्रतिमा राखिने भएको छ । महासचिव एन्टोनियो गुटेरेस र भारतका विदेशमन्त्री एस जयशङ्करले अनावरण गर्ने कार्यक्रम रहेको संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले बताएका छन् ।

राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच नयाँ सदस्यसहित परिषद्का अन्य सदस्यहरूको उपस्थितिमा प्रतिमा अनावरणको कार्यक्रम हुने उनले बताएका छन् । राष्ट्रसंघको मुख्यालयमा राखिने गान्धीको प्रतिमा पहिलो हुनेछ । भारतले विश्वसंस्थालाई प्रदान गरेको यो प्रतिमा पनि पहिलो हो ।

भारतका विदेशमन्त्री दुईदिने औपचारिक भ्रमणको सिलसिलामा हाल अमेरिकामा छन् । मङ्गबार उनले महासभाका अध्यक्ष साबा कोरोसीसँग भेटवार्ता गरेका थिए । उनीसँग बहुपक्षीयताको महत्वबारे छलफल भएको विदेशमन्त्रीले बताएका छन् । साथै उनले जापानका विदेश राज्यमन्त्री यामादा केन्जीसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्