Logo
Logo

मालीमा दुई शान्ति सैनिक मारिए



काठमाडौं । उत्तरी मालीमा भएको बन्दुक आक्रमणमा एक महिलासहित दुई राष्ट्रसंघीय शान्ति सैनिकको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघले शुक्रबार विज्ञप्ति जारी गर्दै दुई शान्ति सैनिकको मृत्यु भएको र चारजना घाइते भएका जानकारी दिएको हो ।
‘अज्ञात बन्दुकधारीहरूले टिम्बक्टु सहरमा संयुक्त राष्ट्रसंघको प्रहरी गस्तीमा गोली चलाएका छन्,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले आक्रमणकारीहरूबाट केही सामग्री बरामद गरिएको पनि जनाएको छ । मिसनका प्रमुख एल–घासिम वानेले घटनाको निन्दा गर्दै यस जघन्य कार्यबाट संयुक्त राष्ट्रसंघ स्तब्ध भएको टिप्पणी गरेका छन् । उनले प्रतिकूल वातावरणको बाबजुद पनि राष्ट्रसंघको शान्ति मिसनले आफ्नो जनादेश पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

सन् २०१२ देखि माली सुरक्षा, राजनीतिक र आर्थिकस्तरमा गहिरो बहुपक्षीय संकटमा फसेको छ । स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तरसाम्प्रदायिक हिंसाले पश्चिम अफ्रिकी राष्ट्रमा हजारौँको ज्यान लिएको छ । हजारौँ विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्