Logo
Logo

बर्दिया जिल्ला इञ्चार्ज र अखिलका अध्यक्ष पक्राउ


- दृष्टि न्युज/संवाददाता


राजापुर, २७ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् ।
प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा संगठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।
जिल्लामा भएका विभिन्न घटनामा जोशी र चलाउनेको हात रहेको आशंकामा पक्राउ गरिएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्