Logo
Logo

बन्द भएको हाइटी मिसनको पैसा पनि पाएन नेपाल प्रहरीले


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ भदौ
राष्ट्रसंघ अन्र्तगत हाइटीमा खटिएको नेपाल प्रहरीको एफपियू मिसन बन्द भएको ६ महिना भइसकेको छ । तर, प्रहरीले ६ महिनाको तलब र शोधभर्ना अझै पाएको छैन । ६ महिनाको तलब र सोशभर्ना करिब ३० करोड रुपैयाँ बराबर रहेको स्रोत बताउँछ ।

United Nations police, from Nepal, attend an end of operations ceremony for the United Nations Stabilisation Mission in Port-au-Prince, Haiti, on Thursday, October 5, 2017. The UN peacekeeping mission in Haiti is coming to an official end on October 15. Immediately afterward, the UN will start a new mission made up of international civilian police officers and civilians.

हाल राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत सुडानमा रहेको नेपाल प्रहरीको एउटा मात्र एफपियूका १८० जनाले पनि करिब ११ महिनाको तलब तथा शोधभर्ना पाएका छैनन् । उनीहरूको तलब मात्र मासिक दुई लाख ५७ हजार डलर हुन्छ । एक वर्षको अवधिमा सामानको करिब १८ लाख डलर लिनुपर्ने अवस्था छ । नेपाल प्रहरीले राष्ट्रसंघबाट लिनुपर्ने रकम करिब एक अर्ब रुपैयाँ पुगिसकेको छ । सुडानको एफपियू पनि यही टोली अन्तिम हुने सम्भावना रहेको प्रहरी अधिकारीले बताए ।
अमेरिकाले राष्ट्रसंघलाई दिने बजेट कटौती गरेपछि राष्ट्रसंघ आर्थिक संकटमा परेको हो । जसको असर नेपाललाई समेत परेको छ ।

प्रतिक्रिया दिनुहोस्