Logo
Logo

चिनियाँ सिमा क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै भारतीय सैनिक



एजेन्सी । चीनसँगको विवादित सीमा क्षेत्रमा भारतले अहिलेसम्मकै सबैभन्दा धेरै सैनिक पुर्‍याएको छ ।

अरुणाचल राज्यमा गत साता भारत र चीनका सैनिकहरूबीच झडप भएपछि भारतीय सैनिकको सङ्ख्या थप गरेको भारतीय विदेशमन्त्रीले जानकारी दिएको छ ।

चिनियाँ सैनिकहरूले सीमामा अतिक्रमण सुरु गरेपछि प्रतिवाद गरिएको भारतीय पक्षको दाबी छ । विदेशमन्त्री एस जयशङ्करले चीन एक्लैलाई सीमामा जारी यथास्थितिमा परिवर्तन ल्याउन भारतले नदिने बताए ।

चीनको विदेश मन्त्रालयले झडप भएको सीम क्षेत्र अहिले शान्त रहेको र दुवै पक्षले शान्ति कायम राख्नेबारे छलफल चलिरहेको जनाएको छ ।

दुवै पक्षका सैनिकहरू कतिपय अवस्थामा आमनेसामने हुने गरेका छन्। कहिलेकाहीँ उनीहरूबीच झडप र अन्य खालका यगायतका तनाव पनि उत्पन्न हुने गरेका छन् ।

सन् २०२० मा हिंसात्मक झडप भएपछि दुवै पक्षले तनाव कम गर्ने प्रयास जारी राखेका छन् । लद्दाख क्षेत्रको गलवान उपत्यकामा भएको उक्त झडपमा २० भारतीय सैनिक र चार चिनियाँ सैनिकको ज्यान गएको थियो ।

गत डिसेम्बर ९ मा पुनः झडप भयो र त्यसमा केही सैनिक घाइते पनि भए । अहिले दुवै पक्ष उक्त क्षेत्रबाट पछि हटेको भारतीय सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्