Logo
Logo

भारतमा सेनाको ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु



नयाँ दिल्ली । भारतको उत्तरी सिक्किममा सेनाको ट्रक दुर्घटना भएको छ। उक्त दुर्घटनामा परी १६ जना सैनिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शुक्रबार बिहान सेनाको तीनवटा सवारीसाधन सेना लिएर चटनबाट थंगु गइरहेका थिए । मोडमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट तल पुगेको थियो ।

भारतीय सेनाले जनाएअनुसार दुर्घटना भएलगत्तै उद्धार सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्