Logo
Logo

प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णयपछि बास्कोटाको टिप्पणी– एकताको ढोका खोल्न बाँकी रह्यो




काठमाडौं । करिब दुई वर्षपछि देशमा प्रमुख वाम दलबीच सहकार्य अघि बढेको छ । नेकपा(एमाले)को समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् । यसले वाम नेताहरुले स्वागत गरेका छन् ।


एमाले नेता गोकुल बास्कोटाले दुई पार्टीबीच एकता समेत हुने सम्भावना रहेको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘फुट र प्रतिगमन दुवै पराजित । विश्वास र एकताको सुस्तरी ढोका खोल्न बाँकी रह्यो। चोटपछि चेत आउने यसरी नै हो ।’

प्रतिक्रिया दिनुहोस्