Logo
Logo

अफगानिस्तानमा महिलालाई काम गर्न रोक लगाइएपछि काम रोक्दै विदेशी सहायता समूह



काठमाडौं । तालिबानले महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा पाँच शीर्ष गैर–सरकारी संस्था (एनजीओ) ले काम रोकेका छन् ।

केयर इन्टरनेशनल, नर्वेजियन शरणार्थी काउन्सिल (एनआरसी) र सेभ द चिल्ड्रेनले ‘हाम्रा महिला कर्मचारी बिना’ आफ्नो काम जारी राख्न नसक्ने बताएका छन् । अन्तर्राष्ट्रिय उद्धार समितिले पनि सेवाहरू निलम्बन गरेको छ भने इस्लामिक रिलिफले आफ्नो अधिकांश काम रोकिरहेको बताएको छ ।

अफगानिस्तानको सत्तारुढ तालिबानले महिला अधिकारको निरन्तर दमन गर्दै आएको छ । तालिबानले महिलाहरूलाई विश्वविद्यालयमा जान प्रतिबन्ध लगाएको केही दिनपछि मात्रै गैरसरकारी संस्थाहरूमाथिको नयाँ आदेश आएको हो ।

यसअघि तालिवानको अर्थमन्त्रालयका प्रवक्ता अब्देल रहमान हबीबले विदेशी सहायता समूहका महिला कर्मचारीहरूले हिजाब नलगाएर ड्रेस कोडको उल्लंघन गरेको आरोप लगाएका थिए । तालिबानले तत्काल प्रतिबन्धको पालना नगर्ने कुनै पनि संगठनको इजाजतपत्र रद्द गर्ने धम्की दिएको छ ।

प्रतिक्रिया दिनुहोस्