Logo
Logo

सहकारीबाट सेफ नै चोर्ने गिरोह समातियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ भदौ ।
उपत्यकामा सहकारीबाट सेफ नै चोरी गर्ने समूह समातिएको छ । गत २५ भदौमा पेप्सिकोला टाउन प्लानिङमा रहेको हर्षित बचत तथा ऋण सहकारी सस्थाको मुल ढोका फोडी सहकारी सस्थाको कोठामा रहेको फलामको ८५ के.जि. बराबरको सेफ तथा उक्त सेफमा रहेको नगद ७ लाख ८९ हजार ९ सय ९१ रुपै बिभिन्न ब्यक्तिका कागजात लगायतका महत्वपुर्ण सर सामान चोरी गर्ने दुई जनालाई महानगरीय अपराध महाशाखाले सोमबार पक्राउ गरेको हो ।


पत्राmउ पर्नेमा रामेछापका सुनिल थापा मगर र दानबहादुर थापा मगर भएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए । सेफ नै चोरेपछि फुटाएर उनीहरुले पैसा निकालेका थिए । उनीहरुबाट ५० हजार पैसा बरामद भएको छ ।
दशैं तिहार नजिकिएपछि उपत्यकामा चोरीका घटना बढ्न थालेका छन् । त्यहीअनुसार प्रहरीले पनि सतर्कता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्