Logo
Logo

ललितपुरका सई घुससहित पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ भदौ ।
ललितपुरमा एक प्रहरी घुससहित रंगेहात पक्राउ परेका छन् ।
महानगरीय प्रहरी प्रभाग मंगलबजारमा कार्यरत सई यज्ञ बहादुर भट्टराई घुससहित पक्राउ परेका हुन् । ललितपुर परिसरको टोलीले उनलाई केही दिनअघि पक्राउ गरेको हो । एक रेस्टुरेन्ट सञ्चालकसँग ३० हजार रुपैयाँ घुस लिदै गर्दा पक्राउ परेपछि निलम्बन गरेर कारबाही अघि बढाइएको छ । उनले हिरासतमा रहेकासँग समेत पैसा बार्गेनिङ गरेको अनुसन्धानमा खुलेको छ ।


त्यस्तै सामुदायिक प्रहरी सेवा केन्द्र सानेपमा कार्यरत असई मदन सिं खातीलाई पनि ललितपुरका एसएसपी टेक प्रसाद राईले निलम्बन गरेका छन् ।
असई खातीले गत भदौ १४ गते मादक पदार्थ सेवन गरी सरकारी मोटरसाईकल अनियन्त्रित रुपमा शंखमुलमा चलाएका थिए । उनको त्यो भिडियो फेसबुकमा भाइरल समेत भएको थियो ।  स्थानीयले उनलाई नियन्त्रणमा लिई बानेश्वर प्रहरी वृत्तमा बुझाएका थिए । पदीय आचरणविपरीत गतिविधिमा संलग्न प्रहरीविरुद्ध कडा कारबाही गरिने चेतावनी एसएसपी राईले दिएका छन्

प्रतिक्रिया दिनुहोस्