Logo
Logo

राप्रपा सरकारमा जाने


10.5k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा जाने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गर्ने निर्णय गरेको राप्रपा सरकारमा सहभागी हुनेबारेमा अनिर्णित हुँदै आएको थियो ।

तर, आजको बैठकमा सहभागी अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव दिएसँगै पार्टी सरकारमा जाने निर्णय गरेको हो ।
बैठकमा निर्देशन समिति गठन, लेवी र सांसदको स्वकीय सचिव नियुक्ति, पार्टी हित विपरीत गतिविधि गर्नेलाई कारबाहीलगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्