Logo
Logo

युगान्डामा भागदौड हुँदा नौ जनाको मृत्यु, कयौं घाइते


693
Shares

एजेन्सी । युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा मच्चिएको भागदौडमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन् ।

प्रहरीका अनुसार नयाँ वर्षमा आयोजित सङ्गीत कार्यक्रममा सहभागी भएका कैयौँ किशोरीहरू भागदौडमा घाइते भएका थिए । उक्त घटना मध्यरातमा भएको थियो । कार्यक्रमका उद्घोषकले उपस्थित व्यक्तिहरूलाई आतिशबाजी गर्न प्रोत्साहित गरेपछि भागदौड मच्चिएको थियो ।

प्रदर्शन समाप्त भएपछि, भागदौड मच्चिएको र तत्कालै पाँच जनाको तत्काल मृत्यु भएको थियो भने अन्य थुप्रै घाइते भएका थिए । अन्य केहीको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000