Logo
Logo

सडक दुर्घटना हुँदा ३ जनाको जनाको मृत्यु, १३ घाइते



एजेन्सी । अफगानिस्तानको कान्दाहार प्रान्तमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् । 

टोलो न्यूजले मंगलबार जनाएअनुसार स्पिन बोल्दाका जिल्लाका प्रेस अधिकृत मौलवी मुल्लाह मोहम्मद हकमलले घटनाको पुष्टि गर्दै स्पिन बोल्दाक-कन्दाहार सडकमा स्थानीय समय अनुसार साँझ ७ः३०  बजे सो दुर्घटना भएको बताएका छन्  ।  यद्यपि लापरवाह  सवारी हकाइ र तीव्र गति सडक दुर्घटनाको प्रमुख कारण मानिन्छ ।

यसैगरी  खराब डिजाइन गरिएका सडकहरू, सडक कटान, र ट्राफिक  नियमको अवज्ञा आदि सडक दुर्घटनाका प्रमुख कारण हुन् ।  

प्रतिक्रिया दिनुहोस्