Logo
Logo

थानकोटका सईविरुद्ध अख्तियारद्वारा मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ असाेज ।

नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक पदमा कार्यरत बिनोदमान राजभण्डारीले नक्कली शैक्षिक योग्यताका प्रमाणहरू पेश गरी सेवा प्रवेश गरेको खुलेपछि मुद्दा दायर भएको छ । सई राजभण्डारीले प्रहरी सहायक निरीक्षक पदमा सुरू नियुक्ति लिँदा सरकारी लाभ र सुविधा प्राप्त गर्ने उद्देश्यले माध्यमिक शिक्षा परिषद,उत्तर प्रदेश, भारतबाट प्राप्त इन्टरमिडियट तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए ।

राष्ट्रसेवकको ओहदामा बहाल रही लाभ समेत लिएकोले निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिन आएको हुँदा निज बिनोदमान राजभण्डारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्