Logo
Logo

हडताल बढ्दै गएपछि सरकारद्वारा युनियनहरूलाई शिखर वार्ताका लागि आह्वान



एजेन्सी । बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार सार्वजनिक क्षेत्रका युनियनहरूलाई अर्को हप्ता सरकारसँग वार्ताका निम्ति आह्वान गरेका छन् । युनियनहरूको बढ्दो हडतालले अस्पताल, रेलवे र अन्य महत्त्वपूर्ण क्षेत्रमा असर गर्दै गएपछि प्रधानमन्त्रीले सो आह्वान गरेका हुन् ।  

प्रत्येक सरकारी विभागले आफ्नो जिम्मेवारी क्षेत्रमा हडताल गर्ने मजदुरहरूको प्रतिनिधित्व गर्ने युनियन नेताहरूलाई सोमबार बैठकमा आमन्त्रित गर्न पत्र पत्राचार गरिएको छ । 

‘हामी हाम्रा सार्वजनिक क्षेत्रका कामदारहरू विशेष गरी हाम्रा नर्सहरू लगायतको समस्यामा गम्भीर छलफल गर्न चाहान्छौँ’ प्रधानमन्त्रीले भनेका छन् ।  

प्रतिक्रिया दिनुहोस्