Logo
Logo

नाइजेरियामा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ बेपत्ता



एजेन्सी । उत्तरपश्चिम नाइजेरियामा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य छ जना बेपत्ता भएका छन् । केब्बी राज्यको कोकोरबेस्से स्थानीय क्षेत्रस्थित नदीमा मंगलबार साँझ सो डुंगा पल्टिदा उक्त दुर्घटना भएको हो ।  उक्त डुंगामा करिब १०० धान किसान सवार थिए जसमध्ये  ८० जनालाई सकुशल उद्धार गरिएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति मुहम्मदु बुहारीले दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन् । साथै बेपत्ता व्यक्तिहरूको खोजीमा खटिएका उद्धारकर्मीहरूको प्रयासको प्रशंसा  समेत गरेका छन् ।

राष्ट्रपतिले विशेषगरी ग्रामीण क्षेत्रमा डुंगाको यातायातको उचित नियमनमा बढी ध्यान दिन सरोकारवालालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्