Logo
Logo

छ वर्षीय बालकले गुरुमालाई गोली हानेपछि…



एजेन्सी । अमेरिकाको भर्जिनियामा राज्यमा एक जना छ  वर्षीय बालकले आफ्ना गुरुलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा एक छ वर्षीय बालकले शिक्षकलाई गोली हानेर गम्भीर घाइते बनाएको स्थानीय प्रहरीले जनाएको छ ।

फाइल तस्बिर

न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलका ३० वर्षका शिक्षिका गोली लागेर मरणासन्न भएका छन् । उनको ज्यान जोखिममा रहेको बताइएको छ । त्यति सानो शिशुले कक्षाकोठामा बन्दुक कहाँबाट ल्यायो भन्नेबारे अनुसन्धान भइरहेकोछ । बालकलाई हिरासतमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्