Logo
Logo

हजयात्रा महामारी अघिको अवस्थामा फर्कदै



एजेन्सी । हजयात्रा महामारी अघिको अवस्थामा फर्कने भएको छ । साउदी अरब सरकारले वार्षिक धार्मिक उत्सव हज तीर्थयात्रा कोरोना भाइरसका कारण लगाएका प्रतिबन्ध क्रमशः हटाएसँगै महामारीपूर्वको अवस्थामा फर्किन लागेको हो । 

हज गर्न विश्वभरका मुसलमानहरू एकत्रित हुने पवित्र शहर मक्कामा दिनको पाँचपटक प्रार्थना गर्ने प्रचलनअनुसार आफ्नो जीवनकालमा एकपटक मक्कामा तीर्थयात्रा गर्नेलाई कोभिड कालमाभन्दा यसपटक सहज हुने सरकारी अधिकारीले बताएका छन् । 

.सन् २०१९ मा २४ लाखभन्दा बढी तीर्थयात्रीले मक्कामा हज गरेका थिए भने कोभिड फैलिएर विश्व नै आक्रान्त भएपछि सन् २०२० मा एक हजार जना आफ्नो देशका नागरिकलाई हजको अनुमति दिइएको थियो । सन् १९१८ को महामारीमा पनि यति थोरै तीर्थयात्रीलाई हजको अनुमति दिइएको थिएन । शताब्दी अघिको त्यो महामारीमा संसारभरका दशौँ लाखले ज्यान गुमाएका थिए । सन् २०२१ मा ६० हजार साउदी नागरिकले मक्कामा हजको अनुमति पाएका थिए भने गत वर्ष १० तीर्थयात्री त्यहाँ पुगेका थिए । 

लालसागरको  बन्दरगाह शहर जेद्दामा यो वर्षको हजसम्बन्धी एक सम्मेलनमा सोमबार राति बोल्दै साउदी अरबका हजमन्त्री तौफिक बिन फवजान अलरबियाहले कोभिडसम्बन्धी प्रतिबन्ध हटाउने घोषणा गरे । महामारीको अघिको अवस्थामा झै यो वर्ष जोसुकै हज गर्न आउनसक्ने बताउँदै उनले तीर्थयात्रीको उमेरमा पनि प्रतिबन्ध नलगाइने जानकारी दिए । 

हजयात्राका निम्ति अनुमति पाएको संसारको जुनसुकै कम्पनीसँग यात्रा व्यवस्थापनको सम्झौता गर्न सरकारले अनुमति दिएको जानकारी पनि उहाखँले दिए । यसअघि साउदी सरकारले १८ देखि ६५ वर्ष उमेर समूहका यात्रीलाई मात्र हजमा सहभागी गराउने तथा सीमित निजी कम्पनीलाई यात्रा प्रबन्धको अनुमति दिएको थियो । 

पेट्रोलियम पदार्थको धनी राष्ट्र साउदीमा हज यात्रीबाट भारीमात्रामा राजस्व संकलन हुने गरेको छ भने देशको वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत बनेको छ हजयात्रा । हज गर्ने स्थललाई साउदी सरकारले प्राथमिकताका साथ संरक्षण गरेको छ । हजयात्राका बेला हुने महामारी र रोगव्याधीको प्रकोप साउदी सरकारका निम्ति सधैँ चिन्ताको विषय बन्ने गरेको छ । औलो, हैजालगायत महामारीबाट हजारौँ हजयात्रीले ज्यान गुमाएका छन् । सन् १८२१ मा २० हजार तथा १८६५ मा १५ हजार तीर्थयात्रीको मृत्यु भएको थियो । इबोला भाइरहस उद्स्थल मानिएका देशबाट हजमा आउन नपाउने नियम पनि साउदीले लागू गरेको थियो भने उसले बिरामी र वृद्धहरूलाई पनि मक्का आउन नपाउने आदेश जारी गरेको थियो । सन् २०१२–१३ मा पनि श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणको सामना गरेको साउदीले हजका बेला रोग फैलिन नदिन विशेष उपाय अपनाउँदै आएको छ । त्यसबेला मिडल इष्ट रेष्पिरेट्री सिन्ड्रोम ९एम्ईआर्एस्०को त्रास फैलिँदा सरकारले सार्वजनिक स्वास्थ्यसम्बन्धी विभिन्न नियम जारी गरेको थियो । 

आगामी जेठको मध्यतिर हुने यो वर्षको हजमा कोरोनाभाइरससम्बन्धी प्रतिबन्ध हटाइएको घोषणा सरकारीस्तरबाट भए पनि के कस्ता स्वास्थ्य सावधानी अपनाइने छ भन्नेबारेमा हजमन्त्रीले केही जानकारी दिएका छैनन् । कोरोनाभाइरसविरुद्ध खोप लगाउन वा परीक्षण गर्नुपर्ने बाध्यत्मक व्यवस्था नभए पनि अन्य रोगविरुद्धका खोप नलागाइ हजमा सहभागी हुन नपाइने कडा कानुन साउदी सरकारले कार्यान्वयन गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्