Logo
Logo

बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौंमा



काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा आज (बिहिबार) काठमाडौं आइपुगेकी छन् ।

नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्नलागेको चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा भाग लिनका लागि उनी नेपाल आएकी हुन् । संघले उक्त कार्यक्रम होटल याक एण्ड यति दरबारमार्गमा आयोजना गर्दैछ ।

नेपाल आउन पाउँदा आफूलाई खुसी लागेको उनले बताएकी छन् । आफू छोटो अवधिका लागि नेपाल आए पनि भरपुर रूपमा समयको सदुपयोग गर्ने उनले बताइन् । ज्वेलरी फेसन शोमा मलाइका नेपाली पोशाक र गरगहनाका साथ र्‍याम्पमा उत्रिने संघले जनाएको छ।

एक्स्पोको उद्घाटन भोलि (शुक्रबार) होटल याक एन्ड यतिमा १२:३० मा हुने तय भएको संघले जनाएको छ। पुस २९ देखि १ माघसम्म एक्स्पो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्