Logo
Logo

सशस्त्र समूहद्वारा २७ सर्वसाधारणको हत्या



एजेन्सी । सशस्त्र समूहले कंगोमा यस हप्तामात्र कम्तीमा पनि २७ जना सर्वसाधारणको हत्या गरेको छ । कंगोको इतुरी प्रान्तमा उनीहरुको हत्या गरेको हो । सो समूहले यस हप्तामात्र २७ जनाको ज्यान लिएको र अरु केही सर्वसाधारण नागरिक घाइते बनाएको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार यस हप्ता यहाँको इतुरी प्रान्त र अर्को डिजुगु प्रान्तमा हिंसा फैलिएको छ । यहाँको विद्रोही समूह सोडेकोले पछिल्ला केही दिनयता हत्या हिंसाको शृङ्खला बढाएको कङ्गोमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले जानकारी दिएको छ ।  

कंगनोमा संयुक्त राष्ट्रसंघका शान्ति सेना रहेका छन् । शान्ति मिसनमा रहेका शान्ति सेनामाथि पनि यहाँको सोडेको समूहका हतियारधारीहरुले हमला गर्ने गरेका छन् । सो हमलामा परेर यहाँ कार्यरत शान्ति सैनिक पनि मारिने गरेका छन् ।

पछिल्लो समयमा शान्ति सेनाले यहाँका कतिपय हिंसाग्रस्त क्षेत्रमा तैनाथ पनि बढाएको छ । यसक्रममा उनीहरुले यहाँका सर्वसाधारणलाई सुरक्षा दिने र उनीहरु विस्थापित हुनुपर्ने अवस्था आएमा त्यस्तो हुनबाट रोक्ने काम गरिरहेका बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्