सुर्खेत । कर्णाली प्रदेशसभामा नेकपा एमालेले सभामुख उम्मेदवारको टुङ्गो लगाएको छ । शनिबार बसेको एमाले संसदीय दलको बैठकले सभामुखमा नन्दा गुरुङलाई उठाउने निर्णय गरेको हो ।

सुर्खेतका समानुपातिक सांसद गुरुङले अबको केही बेरमा प्रदेश सभामा पुगेर उम्मेदवारी दिने तयारी भइरहेको बैठकमा सहभागी एमालेका एक सांसदले जानकारी दिए ।
सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ भने उप-सभामुख माओवादी केन्द्रको भागमा परेको छ ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एक/एक जना सांसद रहेका छन् ।











