Logo
Logo

प्रदेश- १ का उपसभामुख सिर्जनाद्वारा सपथ ग्रहण



विराटनगर । प्रदेश नं १ का सभामुख बाबुराम गौतमले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनिर्वाचित उपसभामुख सिर्जना दनुवारलाई आज सपथ गराएका छन् । 

सभामुख गौतमले नेपालको संविधानको धारा १८२ को उपधारा (१) तथा प्रदेश नंं १ को नियमावली २०७४ पहिलो संशोधनसमेत)को नियम ९ बमोजिम उपसभामुख पदमा बहुमतबाट निर्वाचित भएका दनुवारलाई सोही नियमावलीअनुसार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश मन्त्रिपरिषद्का सदस्य, निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभाका सदस्यको सपथ ग्रहण समारोहमा उपस्थिति रहेको थियो ।

उपसभामुख दनुवारले आजै पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्