Logo
Logo

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोको भिसा रद्द गर्न अमेरिकी सांसदको माग



एजेन्सी । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोको भिसा रद्द गर्न अमेरिकी सांसदहरुले माग गरेका छन् ।

डेमोक्रयाटिक सांसदहरूले ब्राजिलको नवनिर्वाचित सरकारविरुद्ध दंगामा संलग्न कसैलाई पनि शरण दिन नहुने भन्दै राष्ट्रपति जो बाइडेनसमक्ष आग्रह गरेका हुन् ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका सहयोगी बोल्सोनारो जनवरी १ मा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको उद्घाटन समारोहमा उपस्थित हुनुको सट्टा फ्लोरिडा गएर अक्टोबर चुनाव बारेमा आधारहीन आरोप लगाएका थिए ।

बोल्सोनारोलाई समर्थन गर्ने दंगाकारीहरूले आइतवार ब्राजिलियामा राष्ट्रपतिको दरबार, सर्वोच्च अदालत र संसदमा तोडफोड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्