सुर्खेत । कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ निर्वाचित भएका छन् । आइतबार भएको सभामुखको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरे । नेकपा एमालेकी गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३, र राप्रपा वा एकीकृत समाजवादीको १ मत प्राप्त भएको छ । ४० सदस्यीय सभामा ३८ जनाले भाग लिएका थिए । गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।
सत्तारुढ गठबन्धनको समीकरणअनुसार सभामुख एमालेको भागा परेको हो । सोहीअनुसार एमालेले यो पटक महिला सांसदलाई सभामुखमा अघि सारेको हो ।











