Logo
Logo

विमानमा सवार ४ जना भेटिएनन्, गोताखोरले खोज्दै


1.9k
Shares

काठमाडौं । पोखरामा भएको यती एयरको दुर्घटनामा परेका चार जनाको अवस्था अज्ञात रहेको छ ।

चालक दलका ४ सहित विमानमा ७२ जना यात्रु थिए । त्यसमध्ये अहिलेसम्म ६८ जनाको शव भेटिएको छ । बाँकी ४ जनाको अवस्था भने अझै अज्ञात रहेको छ ।

दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर र रोप रेस्क्यु गरी १५ जनाको टोली परिचालन गरिएको छ ।

दुर्घटनाका मृतक ६८ मध्ये ११ जनाको खनाखत भइसकेको छ । बाँकी चार जना भने अझै वेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्