Logo
Logo

सन् २०२२ मा म्यान्मा आगलागीबाट ९६ जनाको मृत्यु, १३९ घाइते



एजेन्सी । म्यान्मा सन् २०२२ मा भएका आगलागीका विभिन्न घटनामा परी ९६ जनाको मृत्यु हुनाका साथै १३९ जना घाइते भएका छन् ।
 
देशको अग्नि सेवा विभागले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार सन् २०२२ मा देशभर एक हजार ५०७  आगलागीका घटनाहरू घटेका थिए ।  अग्नि सेवा विभागका अधिकारीले सो विवरण सिन्ह्वालाई बताएका छन् ।

सबैभन्दा धेरै आगलागी दुर्घटनाहरू याङ्गुन क्षेत्रमा भएका छन् ।  त्यसपछि क्रमशः मन्डले, सागिङ र बागो क्षेत्रहरू आगलागीका घटनाहरू उल्लेख गरिएका छन् ।  याङ्गुन क्षेत्रमा सन् २०२२ मा सात जनाको मृत्यु  भएको छ भने  २२ जना घाइते भएका छन् ।

आगलागीका कारणहरूमा लापरवाही,  त्रुटिपूर्ण विद्युतीय तार जडान, आगजनी,  डढेलो र चट्याङ लगायतका प्राकृतिक विपत्ति रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्