Logo
Logo

कांग्रेसले मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने



जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ । मधेश प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएका हुन् । उनले जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने बताए ।

बुधबार प्रदेशसभाको बैठकमा बोल्दै सांसद यादवले कांग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन् । सत्तारुढ गठबन्धनको पर्याप्त बहुमत हुँदाहुँदै कांग्रेसले मत दिँदै प्रतिपक्षी बेञ्चमा बसेर भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।

यसअघि बुधबार बिहान जसपा अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत मागेका थिए । कांग्रेस सभापति देउवालाई धुम्बाराहीमै पुगेर यस्तो गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्