Logo
Logo

यशोदा न्यौपाने कर्णाली प्रदेशको उपसभामुख निर्वाचित



सुर्खेत । कर्णाली प्रदेशको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् । बुधबार प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनकी न्यौपानेले २४ मत पाएर निर्वाचित भएकी हुन् ।

४० सदस्यीय प्रदेशसभामा न्यौपानेलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा १४ मत प¥यो भने १ जना तटस्थ बसे । कालिकोटकी न्यौपाने समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन् ।

न्यौपानेलाई माओवादी केन्द्रको १३, नेकपा एमालेका ९, एकीकृत समाजवादी र राप्रपाका एक/एक जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् । यसअघि आइतबार प्रदेशभाले एमालेकी नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्