Logo
Logo

छिट्टै मन्त्रीहरूको कार्यविभाजन हुन्छ : मुख्यमन्त्री हिक्मत



गौरादह । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्र मन्त्रीहरूको कार्यविभाजन हुने बताएका छन् । उनले मन्त्रिपरिषद्मा रहेका सदस्यलाई आगामी सोमबारभित्र जिम्मेवारी तोकिने उल्लेख गरे । 

झापाको गौरादहमा आज पत्रकारहरूसँग कुरा गर्दै उनले सत्तासाझेदार दलहरूसँगको परामर्शमा कार्यविभाजन गरिने बताए । उनले मन्त्रालयको सङ्ख्या नौ पुर्‍याइएको र त्यसैअनुसारको कार्यविभाजन गरिने बताए । मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्को विस्तारसँगै साझा कार्यक्रम ल्याइने र सोहीअनुसार प्रदेश सरकारले काम अघि बढाउने बताए । 

उनले सुशासन कायम राख्नका लागि सरकारले काम अघि बढाउने बताए । मुख्यमन्त्री कार्कीले आम सहमतिका आधारमा प्रदेशको नामाकरण गरिने र त्यसका लागि प्रदेशसभामा रहेका सबै दलबीच सहमति कायम राख्ने अधिकतम कोसिस गरिने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्