Logo
Logo

डकैती गिरोहलाई प्रहरीको गोली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ असोज ।
जनकपुर उपमहानगरपालिका–२ स्थित दिपक बजाज र अमित अग्रवालको जानकीफर्नि्सिङ नामकोफर्निचर पसलमा डाँका गर्दै गरेको अवस्थामा विभिन्न हातहतियार सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा भारत विहार सितामढी बस्ने ४० वर्षीय मोहमद ईलयास, भारत बर्गि्निया बस्ने ३९ वर्षीय ओजिर अंसारी, रौतहट वृन्दावन नगरपालिका(१रमौली बैरिया बस्ने ३५ वर्षीय गगन पटेल र रौतहट गौर नगरपालिका( ४ बस्ने ४५ वर्षीय विनोद प्रसाद सिंह रहेका छन् । उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान,त्यसको गोली २ राउण्ड, ताल्चा काट्ने कटर १ थान, ७ सय रुपैयाँ नगद, ठुलो पेचकस १ थान, काटेको अवस्थामा रहेको पसलमा लगाउने ताल्चा २ थान, उनीहरुले प्रयोग गरेको चप्पल १ थान र मोबाइल १ थान प्रहरीले बरामद गरेको छ ।
उक्त फर्निचर पसलको सटरकोताल्चाकाटी भित्र प्रवेश गरी नगद पैसा राख्ने सेफ समेत फुटाई डाँका गर्दा(गर्दैको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले देखी नियन्त्रणमा लिने क्रममा उनीहरुले कटुवा पेस्तोल झिकी भाग्न खोजेको रप्रहरीले १राउण्डहवाईफायरगर्दा समेत नरोकिएपछि पुनः गोलीफायर गर्दा गोली लागेर विनोद प्रसाद सिंह घाइते भएका थिए । घाइते विनोदको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्