Logo
Logo

प्रदेशका मन्त्रीको कार्यविभाजन सोमबार : मुख्यमन्त्री हिक्मत



मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका मन्त्रीहरूको कार्यविभाजन आगामी सोमबार हुने बताएका छन् । मुख्यमन्त्री कार्कीले आज सञ्चारकर्मीसँग मुख्यमन्त्री कार्यालयमा आयोजित भेटघाटमा हाल बिनाविभागीय रहेका मन्त्रीले सोमबारदेखि आफ्नो मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने जानकारी दिए ।  

उनले भने ‘बिनाविभागीय मन्त्रीका रूपमा रहेका सबै मन्त्रीले सोमबारबाट सम्बन्धित मन्त्रालयबाट कार्य सुरु गर्नुहुने छ ।’ मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्को पहिलो बैठकले हाल कायम रहेको मन्त्रालयको सङ्ख्या घटाउने निर्णयानुसार अहिले मन्त्रालयको नामलाई अन्तिम रूप दिने काम भइरहेको बताए ।

उनले मन्त्रालय घटे पनि पनि चालु आर्थिक वर्षको मन्त्रालयगत बजेटमा कुनै समस्या नहुने विचार व्यक्त गरे । मुख्यमन्त्री कार्कीले सबै मन्त्रालयको जिम्मेवारी लिएका छन् भने सात जना मन्त्री बिनाविभागीय छन् । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित हाल १३ मन्त्रालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्