Logo
Logo

प्रदेश १ का मन्त्रीहरुले पाए मन्त्रालय, निर्मलालाई स्वास्थ्य



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ४ वटा मन्त्रालय खारेज गरेर ९ वटा कायम गर्नासाथ मन्त्रीहरूलाई जिम्मेवारी दिएका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूको जिम्मेवारी तोकेको एक नेताले जानकारी दिए ।

तिलकुमार मेन्याङ्बो लिम्बुले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालय र बुद्धिकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालय पाएका छन् । दुर्गाप्रसाद चापागाईँले सडक पूर्वाधार तथा शहरी विकास र जीवन आचार्यले पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएका छन् ।

राप्रपाका भक्ति सिटौलाले उद्योग, कृषि तथा सहकारी र जनता समाजवादी पार्टी जसपाका निर्मला लिम्बुले स्वास्थ्य मन्त्रालय पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्