Logo
Logo

सर्लाहीका तीनवटै नगरपालिकाले दियो ल्होसारमा २ दिन विदा



सर्लाही । सोनाम ल्होसारको अवसरमासंघीय सरकारले एक दिन मात्र विदा दिएको छ । सरकारले तामाङ समुदायको पर्व ल्होसारको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ ।

तर, सर्लाहीको स्थानीय निकायले भने दुई दिन विदा दिएको छ । सर्लाहीका तीनवटै नगरपालिकाले सोनाम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । सर्लाहीका हरिवन, बागमती र लालबन्दी नगरपालिकाले माघ ८ र ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

तामाङ समुदायको बाहुल्यता रहेको हरिवन, बागमती र लालबन्दी नगरपालिकाले भने ल्होसारको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो । तीन वटै नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै माघ ९ गते (सोमबार) पनि नगर क्षेत्रमा सार्वजनिक बिदा दिएका हुन् । बिदाको दिन नगरपालिकासँगै मातहतका वडा कार्यालय, विद्यालयलगायतका संस्था बन्द रहने छन् ।

प्रतिक्रिया दिनुहोस्