Logo
Logo

मुख्यमन्त्री हिक्मतद्वारा शुभकामना



विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोनाम ल्होछार पर्वका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना दिएका छन् । 

मुख्यमन्त्री कार्कीले आज शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने यस पर्वले नेपालीबीच सद्भाव र एकता मजबुत हुने उल्लेख गरे । 

विभिन्न जातजाति र समुदायले आ-आफनो शैली तथा परम्पराअनुसार मनाउने विभिन्न पर्वले सामाजिक र सांस्कृतिकरुपमा नेपाललाई धनी बनाएको उनले बताए । मुख्यमन्त्री कार्कीले यस अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्