Logo
Logo

कोभिड-१९ सङ्क्रमणबाट एक सातामा १३ हजार जनाको मृत्यु



एजेन्सी । चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड-१९ सङ्क्रमणको कारण मृत्यु भएको छ ।  गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो । 

अस्पतालमा भर्ना भएका छ सय ८१ बिरामीको कोरोना भाइरस सङ्क्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र एघार हजार नौ सय ७७ जनाको सङ्क्रमणसँगै अन्य रोगका कारण मृत्यु भएका चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले शनिबार जारी एक विज्ञप्तिमा जनाएको छ । 

गत  डिसेम्बरमा चीनले शून्य-कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको  सिडिसिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्