
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले आगामी जेठभित्र देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो ।
पार्टीले माघ १४ गते देखि महिनामा सातै प्रदेशमा प्रादेशिक भेला गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए । माघ १४ गते प्रदेश १ को विराटनगरमा भेला हुनेछ। माघ १६ गते मधेश प्रदेशको जनकपुर, माघ १८ गते बागमतीको मकवानपुर, माघ २१ गते गण्डकीको पोखरा र माघ २४ गते लुम्बिनीको दाङमा भेला गर्ने ढकालले जनाएका छन्। यस्तै माघ २६ गते सुदूरपश्चिमको धनगढी र माघ २८ गते कर्णालीको सुर्खेतमा भेला हुने प्रवक्ता ढमालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
माघ मसान्तभित्र प्रदेश समितिका विस्तारित भेला हुनेछ र त्यसबाट प्रदेश समिति पुनर्गठन गर्ने तयारी छ। यसैगरी चैतसम्म जिल्ला निर्वाचन समिति गठन गरिनेछ। जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने तयारी गरेको छ।















