Logo
Logo

विराजभक्त बने रास्वपा दलको उपनेता, प्रमुख सचेतक सन्तोष परियार


504
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दलको उपनेता र प्रमुख सचेतक तोकेको छ । केन्द्रीय कार्यालय बसुन्धारामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले दलको उपनेतामा सांसद विराजभक्त श्रेष्ठलाई जिम्मेवारी दिएको हो ।

गत मंसिरमा भएको चुनावमा श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका थिए । उनी २०७४ को चुनावबाट बागमती प्रदेश सभा सदस्य भएका थिए । यस्तै दलको प्रमुख सचेतकमा सांसद सन्तोष परियारलाई जिम्मेवारी दिइएको पार्टीका महामन्त्री डा. मुकुल ढकालले बताए ।

सन्तोष समानुपातिकतर्फबाट रास्वपा सांसद छन् । रास्वपाबाट दल नेतामा पार्टी सभापति रवि लामिछाने छन् । उनी उपप्रधान तथा गृहमन्त्री छन् । रास्वपाबाट उपसभामुखमा सांसद इन्दिरा राना निर्वाचित भइसकेकी छन्।

यस्तै रास्वपा सांसदहरू डोलप्रसाद अर्याल श्रम मन्त्री, शिशिर खनाल शिक्षा मन्त्री र डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएकी थिइन् । प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्