Logo
Logo

देउवाले बोलाए पदाधिकारी बैठक


756
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले सोमबार बिहान ९ः३० बजे धुम्बाराहीमा बैठक बोलाएका हुन् ।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता दिने गृहकार्य गरेको छ । स्ववियु चुनाव चैतमा हुने भएकोले नेविसंघलाई पूर्णता दिने तयारी गरिएको हो ।

यस्तै सभापति देउवाले अब बस्ने केन्द्रीय समिति बैठक तयारीलगायत विषयमा पनि छलफल गर्ने तयारी गरेका छन् । माघ १५ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ । उक्त बैठकमा चुनावी समीक्षालगायत विभिन्न विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्