Logo
Logo

उपसभामुख रानाले आज शपथ लिँदै


378
Shares

काठमाडौं । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज सपथग्रहण गर्दैछिन्।

आज(आइतबार) साँझ ५ बजे रानाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्ने संसद सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य बनेकी रानामगर शनिबार उपसभामुखमा निर्वाचित भएकी हुन् ।

समाज सेवामा क्रियाशील रहेकी उनी राजनीतिमा आएको छोटो समयमै प्रतिनिधिसभा सदस्य हुँदै उपसभामुख बनेकी हुन्। बिहिबार मत विभाजन हुँदा रानामगरको पक्षमा १ सय ६६ परेको थियो । उनीसँग नेपाली कांग्रेसकी मोक्ता यादव प्रतिस्पर्धामा थिइन् । उनको पक्षमा ९७ मत मात्र परेको थियो ।

झापाको अर्जुनधारा नगरपालिका–११ स्थित देउनिया बस्तीकी रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिएकी हुन्।

प्रतिक्रिया दिनुहोस्