
काठमाडौं । कीर्तिपुरमा सम्पन्न नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आलम र अन्सारीलाई प्रक्राउ गरेको बुझिएको छ ।
आलम र अन्सारीले क्यानको रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको दाबीसहित सीआइबीले पक्राउ गरेको सीआइबी स्रोतले बताएको छ ।











