काठमाडौं । गत शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतमले पहिलो पटक प्रतिनिधिसभामा सम्बोधन गरे । रास्वापका उपसभामुखको उम्मेदवार इन्दिरा रानाको प्रस्तावक बनेर उनले रोस्टमबाट सम्बोधन गर्ने अवसर पाए ।
उनले सम्बोधन कवितात्मक शैलीमा सम्बोधन सुरु गरे । गत मंसिर चार गते सम्पन्न निर्वाचनबाट संसद्मा करिब एकतिहाइ नयाँ अनुहारहरू संसद्मा आएपछि राजनीतिमा वसन्त छाएको बताए ।

त्यसपछि आफ्ना उनले आफ्ना मतदाताहरूलाई सम्झिए । अनि आफ्नैबारे बोले । आफू गतल नभए आफ्नो उपस्थित प्रतिनिधिसभाको ऐतिहासिक क्षण हुने बताए । आफूभन्दा कान्छो व्यक्तिले प्रतिनिधिसभाको रोस्टमबाट बोल्न मौका नपाएको हुनसक्ने बताए ।
उनले भने- ‘यदि म गलत छैन भने, मेरो उपस्थिति यो सदनको निम्ति नै एउटा ऐतिहासिक क्षण हुन सक्छ किनकि सम्भवतः यो भन्दा अगाडि म भन्दा कान्छो व्यक्तिले लागि यो रोस्टममा आएर बोल्ने मौका सायदै पाएको होला ।’
तर, सोविता गलत ठहरिए । गौतमभन्दा कम उमेरमा सांसदले यसअघि नै रोस्टमबाट सम्बोधन गरिसकेका छन् । सोविताभन्दा कम उमेरमा अभिषेकप्रताप शाह र गायत्री साहले सम्बोधन गरिसकेका छन् । अभिषेकले ०६३ साल र गायत्रीले ०६३ सालमै सोविताको भन्दा कम उमेरमा रोस्टमबाट सम्बोधन गरेका थिए ।
तर, शनिबार रोस्टमबाट सम्बोधन गरिरहँदा सोविताले आफूभन्दा अघिल्ला सांसदको उमेरबारे भने हेक्का राखेनन् । गौतमले निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार उनी ०५२ असार ३ गते दोलखामा जन्मिएकी हुन् । यो मिति अनुसार उनको उमेर २७ वर्ष ७ महिना भयो ।

०३९ असोज १९ गते जन्मिएका शाह ०६३ अन्तरिम व्यवस्थापिका सदस्य र संविधानसभा सदस्य निर्वाचन ०६४ मा कपिलवस्तु–५ बाट निर्वाचित भएका थिए । शाह २५ वर्ष ६ महिनामा नै निर्वाचित भएका थिए । ०७० को दोस्रो संविधान सभामा पनि उनी सदस्य निर्वाचित ०७४ को प्रतिनिधि सभा निर्वाचनअघि भने शाह नेपाली कांग्रेस प्रवेश गरेर निर्वाचित भएका थिए ।
०६४ सालमा अभिषेक मात्रै होइन सोविताभन्दा कम उमेरमा गायत्री पनि संविधानसभा सदस्य भएका थिए । उनी, नेपाली जनता दलबाट २५ वर्षमै समानुपातिक सांसद भएका थिए ।
अहिले पनि प्रतिनिधिसभामा सोविताभन्दा कम उमेरका सांसदहरू छन् । यद्यपि, उनीहरूले अहिलेसम्म रोस्टमबाट सम्बोधन भने गरेका छैनन् ।
अहिले प्रतिनिधिसभामा सबैभन्दा कम उमेरको सांसद हुन्, झापाका २५ वर्षीया निशा डाँगी । उनी रास्वपाबाट छानिएका समानुपातिक सांसद हुन् । रास्वपाबाटै समानुपातिकतर्फबाट छानिएका जुम्लाका विनिता कठायत २६ वर्ष वर्षका छन् । त्यसपछि मात्रै सोविता गौतमको नाम आउँछ ।











