काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले पद तथा गोपनियताको शपथ लिएका छन् ।
आज (सोमबार) राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राना मगर उसभामुखमा निर्वाचित भएका थिए । उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग भइसकेका छन् ।











